scheduleबिहिवार श्रावण १४ गते, २०७८

बिहानबिहानै वामदेव निवासमा विष्णु

काठमाडौँ, ३१ जेठ । उपप्रधानमन्त्री विष्णु पाैडेल भैँसेपाटीस्थित उनकाे निवास पुगेका छन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतमलाई भेट्न सोमबार बिहान ९ बजे उनी भैंसेपाटी पुगेका हुन् ।

एमालेकाे एकताको विषयलाई लिएर दुई नेताबीच बिहान ९ बजेदेखि छलफल भैरहेकाे छ । अदालतको आदेशपछि विकसित नयाँ अवस्थाको बारेमा छलफल भइरहेको बताइएको छ ।

नयाँ अवस्थामा ओलीले नेपाल समूहसहितको स्थायी समिति बैठक बोलाउने तयारीमा छन् । यसबारे माहौल मिलाउन भूमिका खेल्न गौतमलाई अनुरोध गर्न लागिएको हुनसक्ने अनुमान गरिएको छ ।

वामदेवले एमाले एकताका लागि माधवकुमार नेपाल समूहले राखेका मागहरु सम्बाेधन गर्न अध्यक्ष ओली तयार हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय