scheduleसोमवार श्रावण ११ गते, २०७८

भारतमा ‘डेल्टा भेरियन्ट’ को निकै खतरनाक नयाँ रुप फेला पर्‍यो

एजेन्सी, ३१ जेष्ठ । भारतमा निकै संक्रामक मानिएको कोभिड-१९ को ‘डेल्टा भेरियन्ट’ को झन खतरनाक नयाँ रुप फेला परेको छ । नयाँ प्रजाति वा रुपलाई एवाई.१ वा डेल्टा प्लस नामाकरण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि देखिएको डेल्टा भेरियन्टभन्दा नयाँ भेरियन्ट बढी खतरनाक भएको विज्ञहरुले बताएका छन् । यो भेरियन्टविरुद्ध कोरोना भाइरसका लागि निकै राम्रो मानिएको मोनोक्लोनल एन्टिबडी ककटेल औषधि कम प्रभावकारी हुन सक्ने उनीहरुको भनाइ छ ।

यसअघि भारतमा फेला परेको कोरोनाको डेल्टा भेरियन्ट निकै विनाशकारी साबित भइसकेको छ । उक्त भेरियन्टले एक पटक फेरि जेनेटिक म्युटेशन गरी डेल्टा प्लसको रुप लिएको हो । मोनोक्लोनल एन्टिबडी ककटेल औषधि कम प्रभावकारी हुन सक्ने भएकाले डेल्टाप्लस संक्रमित मानिसका लागि निकै खतरनाक हुन सक्ने अनुमान गरिएको छ ।

बेलायती सरकारको सामाजिक सुरक्षा विभागको कार्यकारी एजेन्सी पब्लिक हेल्थ इङ्ल्याण्डका अनुसार ग्लोबल साइन्स इनिसिएटिभ (GISAID) मा हालसम्म नयाँ म्युटेशन के४१७एनसँगै डेल्टा (बि.१.६१७.२) का ६३ वटा जिनोम पहिचान गरिएको छ । गत शुक्रबार जारी गरिएको कोभिड-१९ भेरियन्टसम्बन्धी जानकारी अनुसार भारतमा जुन ७ गतेसम्म डेल्टा प्लसका ६ जना बिरामी फेला परेका छन् ।

नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमेटिक एण्ड इन्टिग्रेटिभ बायोलोजीका चिकित्सक डा. विनोद स्कारियाले के४१७एन नामक म्युटेन्टले आपतकालीन प्रयोगका लागि अनुमति पाएको मोनोक्लोनल एन्टिबडी Casirivimab र Imdevimab लाई समेत प्रभावकारी बन्न नदिने बताए ।

स्कारियाले आइतबार एक ट्विट गर्दै विद्यमान भेरियन्टमध्ये डेल्टाप्लस (बि.१.६१७.२.१) के४१७एन बाट म्युटेशन भएर उत्पत्ति भएको जानकारी गराएका छन् । के४१७एनले मानव शरीरको प्रतिरोधी क्षमतालाई छल्न सक्छ । नयाँ-नयाँ भेरियन्ट म्युटेशन हुने क्रममा डेल्टा भेरियन्ट समेत विभिन्न रुपमा विकसित हुँदै गरेको तर यसबारे बुझ्न चुनौतीपूर्ण भइरहेको पनि उनको भनाइ छ ।

पब्लिक हेल्थ इङ्ल्याण्डको रिपोर्ट अनुसार नयाँ भेरियन्ट डेल्टामा भइरहेको परिवर्तनको नियमित स्क्यानिङबाट फेला परेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय