scheduleबिहिवार श्रावण १४ गते, २०७८

ओली निकटष्ठहरुद्वारा मनाङेविरुद्ध हमला सुरु

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङलाई कारबाहीको माग गरेको छ । राखेपले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो ।

सिलवाल ओली सरकारद्वारा राखेपमा नियुक्ति पाएका एमालेको ओली समूह निकट नेता पनि हुन् । मनाङेकै कारण गण्डकी प्रदेशमा एमाले सरकार ढलेपछि उक्त ओली समूहका नेताहरु उनीसँग रुष्ट रहँदै आएका छन् ।

खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय