scheduleबिहिवार श्रावण १४ गते, २०७८

भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रणउन्मुख, तेस्रो लहरका लागि तीव्र तयारी

एजेन्सी, १ आषाढ । कोरोना भाइरसको दोस्रो लहरबाट थला परेको भारतमा केही समयदेखि दैनिक संक्रमितको संख्या निरन्तर ओरालो लागिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ७५ यताकै कम रहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या ७५ दिन यताकै सबैभन्दा कम हो । उक्त अवधिमा निको हुनेको संख्या झण्डै दोब्बर अर्थात् १ लाख १७ हजार ५२५ रहेको छ । साथै, पछिल्ल २४ घण्टामा २ हजार ७२६ जना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो आंकडासँगै भारतमा हालसम्म २ करोड ९५ लाख ७० हजार ८८१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यसमध्ये २ करोड ८२ लाख ८० हजार ४७२ संक्रमित निको भएका छन् । त्यस्तै हालसम्म ३ लाख ७७ हजार ३१ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनविरुद्धको भ्याक्सिन लगाउनेको कुल संख्या २५ करोड ९० लाख ४४ हजार ७२ रहेको छ । हाल त्यहाँ ९ लाख १३ हजार ३७८ सक्रिय संक्रमित छन् ।

लगातार ३३ दिनसम्म दैनिक संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको भारतलाई केही राहत भएको छ । त्यस्तै दोस्रो लहरको चपेटामा परेको भारतमा ६६ दिनअघि सक्रिय संक्रमितको संख्या ३७ लाखभन्दा बढी थियो तर हाल घटेर १० मुनि झरेको छ । पछिल्लो अवस्था हेर्दा त्यहाँ कोभिड-१९ को दोस्रो लहर नियन्त्रणउन्मुख देखिन्छ ।

तर भारतमा कोरोनाको तेस्रो लहर कुनै पनि बेला सुरु हुन सक्ने आशंका तथा चिन्ता बढिरहेको छ । यही भएर तेस्रो लहरका लागि तीव्र रुपमा तयारी भइरहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विश्वभर हेर्ने हो भने कुल संक्रमित र मृतकको संख्या अमेरिका सबैभन्दा धेरै छ । जोन हपकिङ्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म ३ करोड ३४ लाख ७३ हजार १८० संक्रमित र ५ लाख ९९ हजार ९८२ जनाको मृत्यु भएको छ ।

अमेरिका र भारतपछि कुल संक्रमितको संख्या ३ करोडभन्दा बढी भएका मुलुकमा फ्रान्स, टर्की, रुस, बेलायत, इटली, अर्जेन्टिना, कोलम्बिया, स्पेन, जर्मनी र इरान रहेका छन् ।

त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा बढी भएका मुलुकमा क्रमश: अमेरिका, ब्राजिल, भारत, मेक्सिको, बेलायत, इटली, रुस र फ्रान्स छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय