scheduleसोमवार श्रावण ११ गते, २०७८

कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित

फाइल फोटो

कर्णाली, १ असार । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रम माथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताए । सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुुवै सकसमा छन् ।

अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए। रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय