scheduleशुक्रवार आश्विन १ गते, २०७८

एमाले संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

सुर्खेत, १ असार । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनिहरुलाई पत्राचार गरिएको बताइएको छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय