scheduleबिहिवार श्रावण १४ गते, २०७८

नाबालिकाको फेसबुकमा अश्लिल सामग्री पठाउने दुई युवक पक्राउ

काठमाडौं, १ असार । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गर्ने केही युवकलाई पक्राउ गरेको छ । नाबालिकाको फेसबुक म्यासेन्जरमा अश्लिल तस्बिर/भिडियो पठाउने र व्यक्तिको तस्बिरको स्वरुप परिवर्तन गरी प्रकाशन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार पक्राउ पर्नेमा काठमाडौंको डल्लु बस्ने २६ वर्षीया सानु पोडे रहेका छन् । उनले एक बालिकाको म्यासेन्जरमा पटकपटक अश्लिल भिडियो पठाउने तथा पीडितको अनुहार एवम् अपरिचित्र महिलाको नग्न शरीर जोडेर तस्बिर र भिडियो बनाएर पठाउने गरेका थिए ।

पोडेलाई जेठ २८ गते काठमाडौंबाट पक्राउ गरिएको हो । त्यस्तै सामाजिक सञ्जालहरु फेसबुक, टिकटक, युट्युब लगायतमा व्यक्तिको तस्बिर र भिडियो दुरुपयोग गरेको आरोपमा बाग्लुङ-८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का पनि पक्राउ परेका छन् ।

उनले विभिन्न व्यक्तिहरुको तस्बिर र भिडियो दुरुपयोग गरेको प्रहरीको आरोप छ । पक्राउ परेका दुवैलाई काठमाडौं जिल्ला अदालतको आदेशमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय