scheduleसोमवार श्रावण ११ गते, २०७८

मातृभूमि छाडेर नयाँ मुलुकमा बस्ने धनी व्यक्तिमध्ये चिनियाँ र भारतीय धेरै

एजेन्सी, १ आषाढ । जन्मभूि छोडेर नयाँ मुलुकमा गएर बस्ने धनी मानिसमध्ये चिनियाँ र भारतीयहरुको संख्या विश्वमै सबैभन्दा धेरै रहेको छ ।

अफ्रासिया बैंकले गरेको एक अध्ययन अनुसार आफ्नो मातृभूमि छाडेर नयाँ मुलुकमा बस्ने धनी मानिसको संख्या चीन र भारतमा सबैभन्दा बढी छ । उक्त अध्ययनले सन् २०१९ मा धेरै सम्पत्ति भएका व्यक्ति (high net worth individuals) मध्ये १६ हजार चिनियाँ र ७ हजार भारतीयले आ-आफ्नो मुलुक छाडेका थिए ।

आफ्नो मुलुक छाडेर अन्य मुलुकमा बस्ने धनी मानिसको संख्या धेरै भएका १० प्रमुख मुलुकमा त्यसपछि क्रमश: रुस (५,५००), हङकङ (४,२००), टर्की (२,१००), बेलायत (२,०००), फ्रान्स (१,८००), ब्राजिल (१,४००), साउदी अरब (१,२००) र इन्डोनेसिया (१,०००) रहेका छन् ।

अध्ययनमा १ मिलियन (झण्डै १२ करोड) देखि ९.९ मिलियन बराबरको सम्पत्ति भएका, मातृभूमि छोडेर नयाँ मुलुकमा बस्न पुगेका र कम्तिमा पनि ६ महिना नयाँ मुलुकमा गएर बसेका मानिसको तथ्याङ्क विश्लेषण गरिएको छ ।

मातृभूमि छोडेर अन्य मुलुकमा गई बस्ने धनी चिनियाँ र भारतीयको संख्याले दुबै मुलुकमा धेरै सम्पत्ति भएका मानिसको २ प्रतिशत हिस्सा ओगट्छ । जुन संख्या टर्कीमा ८ प्रतिशत र रुसमा ६ प्रतिशत छ ।

रोजगारको अवसर, कर तथा वित्तीय विषय जस्ता कारणले धेरै सम्पत्ति भएका मानिसहरु आफ्नो मातृभूमि छोड्ने गरेको अध्ययनको निष्कर्ष रहेको छ । तर व्यक्तिगत विशेषताले समेत यसमा भूमिका खेलेको हुन्छ ।

यसबाहेक, अर्को मुलुकमा उपलब्ध गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय जीवनशैली र स्वदेशको दमनकारी सत्ताका कारण समेत धनी मानिसहरु देश छोड्ने गर्छन् ।

तथ्याङ्क अनुसार मातृभूमि छोडेर अन्य मुलुकमा बस्ने धनी मानिसमध्ये अधिकांश अष्ट्रेलिया गएको देखिन्छ । सन् २०१९ मा अन्य मुलुकबाट १२ हजार धनी मानिसहरु अष्ट्रेलियामा बस्न गएका थिए । धनी मानिसको रोजाइमा अमेरिका र स्विट्जरल्याण्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । उक्त वर्ष अन्य मुलुकबाट अमेरिकामा १० हजार ८ सय र स्विट्जरल्याण्डमा ४ हजार धनी मानिस बस्न गएका थिए ।

धनी मानिसको आकर्षक गन्तव्यको रुपमा रहेका प्रमुख १० मुलुकमा पोर्चुगल र ग्रिस समेत छन् । घमाइलो जलवायुसँगै युरोपेली मुलुकभित्रको बसाइ तथा नागरिकतामा पहुँच सुनिश्चित गर्दै लगानीकर्ता कार्यक्रम लागू गरेका कारण दुबै मुलुकले विदेशीलाई आकर्षित गरेका हुन् ।

तर ३० प्रतिशतले मात्रै लगानी भिसामार्फत् यी मुलुकमा गएको पाइन्छ । बाँकीले कामदार भिसा, पारिवारिक भिसा वा बंशजको आधारमा पाइने राहदानीमार्फत् मातृभूमि छाडेको पाइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय