scheduleबिहिवार श्रावण १४ गते, २०७८

तनावबीच अमेरिकी युद्धपोतको एक बेडा दक्षिणी चिनियाँ सागरमा प्रवेश गर्‍यो

एजेन्सी, १ आषाढ । अमेरिकाको विमानबाहक पानीजहाज/युद्धपोत (aircraft carrier) सहितको एक बेडा दक्षिणी चिनियाँ सागरमा प्रवेश गरेको छ ।

बेइजिङ र वाशिङ्टनबीच तनाव बढिरहेको समयमा युएसएस रोनाल्ड रेगन नामक विमानबाहक पानीजहाजसहित युद्धपोतको एक बेडा दक्षिणी चिनियाँ सागरमा प्रवेश गरेको हो । अमेरिकी सेनाले उक्त क्रियाकलापलाई हिन्द-प्रशान्त क्षेत्रको नियमित अभ्यासको एक अङ्गका रुपमा व्याख्या गरेको छ ।

नियमित अभ्यास/मिशनका क्रममा नै दक्षिणी चिनियाँ सागरमा विमानबाहक पानीजहाजसहितको आफ्नो बेडा प्रवेश गरेको अमेरिकी जल सेनाले मंगलबार प्रस्ट पारेको छ । उक्त बेडामा guided-missile cruiser युएसएस शिलो र guided-missile destroyer युएसएस हाल्सेसहितको strike group सामेल छन् ।

‘दक्षिणी चिनियाँ सागरमा स्ट्राइक ग्रुपले सामुन्द्रिक सुरक्षासम्बन्धी अपरेशन गर्दैछ जसमा विभिन्न लडाकु विमान (fixed and rotary-wing aircraft) को उडान, सामुन्द्रिक प्रत्याक्रम अभ्यास र जमिन तथा वायु युनिटबीच रणनीतिक तालिम गरिने छ’, अमेरिकी जलसेनाले भन्यो ।

चीन र अमेरिकाबीच तनाव देखिएको एक स्थान दक्षिणी चिनियाँ सागर पनि हो । विवादित ठानिएको उक्त सागरको अधिकांश भाग आफ्नो रहेको चीनको दाबी छ । यही भएर उक्त सागरमा अमेरिकी सैन्य मिशनको उपस्थितिलाई चीनले बारम्बार विरोध गर्दै आइरहेको छ ।

पछिल्लो समय चीनले समेत दक्षिणी चिनियाँ सागरमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ । चीनले उक्त सागरमा कृत्रिम द्वीप तथा वायुसेनाको शिविर निर्माण गरेर क्षेप्यास्त्र प्रणाली तथा अन्य उपकरण जडान गरिसकेको छ ।

प्राकृतिक स्रोतले भरिपूर्ण दक्षिणी चिनियाँ सागरमाथि ताइवान, फिलिपिन्स, भियतनाम, ब्रुनाइ र मलेसियाले समेत दाबी गर्दै आएका छन् । र चीनले गरिरहेको दाबीलाई अमेरिकाले गैरकानुनी भन्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय