scheduleबिहिवार श्रावण १४ गते, २०७८

एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने सर्वोच्च अदालत बारको निर्णय

काठमाडौँ, १ असार । सर्वोच्च अदालत बार एसोसिएसनले एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनको मंगलबारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्वसम्मतिले चयन गरेको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एसोसिएसनबाट दुई-दुई जना वरिष्ठ अधिवक्तालाई एमीकस क्युरी झिकाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा नेपाल बारका तर्फबाट पनि दुई जना एमिकस क्युरी माग्ने संवैधानिक इजलासले निर्णय गरेको छ । तर नेपाल बारबाट नाम टुंगो लागेको छैन् ।

संवैधानिक इजलासमा उक्त मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय