scheduleबिहिवार श्रावण १४ गते, २०७८

सर्वोच्चको आदेश- निषेधाज्ञाको समयमा कर नतिर्नेलाई जरिवाना नअसुल्नू

काठमाडौं, १ असार । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा व्यवसायीलाई राहत मिल्ने आदेश दिएको छ । सर्वोच्चले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले सो आदेश दिएको हो । अधिवक्ता सृजना अधिकारी लगायतले दायर गरेको रिटमा सुनवाइ गर्दै यस्तो फैसला आएसँगै व्यवसायीहरुलाई केही राहत मिलेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय