scheduleबिहिवार श्रावण १४ गते, २०७८

डेनिश स्टार एरिक्सनले शुभचिन्तकलाई धन्यवाद दिँदै पोष्ट गरे- ‘म ठीक छु’

एजेन्सी, १ आषाढ । फिनल्याण्डविरुद्धको खेलका क्रममा हृदयघात भइ मैदानभित्रै ढल्न पुगेका डेनिश फुटबल खेलाडी क्रिश्चियन एरिक्सनले विश्वभरका आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

हाल अस्पतालमा उपचार गराइरहेका एरिक्सनले सामाजिक सञ्जालमा उक्त घटनापछि पहिलो पटक एक पोष्ट गरेका छन् । डेनिश राष्ट्रिय टोलीको ट्विटर प्रोफाइलमा राखिएको पोष्टमा एरिक्सनले खुशी हुँदै अस्पतालको बेडबाटै बुढी औंला ठड्याएको देख्न सकिन्छ ।

‘विश्वभरबाट तपाईँहरुले दिनु भएको मिठो तथा अदभूत शुभकामना एवं सन्देशका लागि धेरै-धेरै धन्यवाद’, उक्त पोष्टमा लेखिएको छ, ‘हाल म ठीक छु । मैले अस्पतालमा बसेर अझै केही परीक्षण गर्नुपर्ने हुन्छ । तर मैले ठीक महसुस गरेको छु ।’

‘अब आगामी खेलमा डेनमार्कका खेलाडीको पक्षमा कराउन सक्छु’, पोष्टमा भनिएको छ, ‘सम्पूर्ण डेनमार्कका लागि खेलौं ।’

युरोकप फुटबलअन्तर्गत शनिबार डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहँदा अचानक एरिक्सन मैदानमा ढलेका थिए । लगत्तै रेफ्री एन्थनी टेलरले तत्कालै मेडिकल टिम बोलाए र उनलाई सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिइएको थियव ।

झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो । ४३औं मिनेटमा पुगेर रोकिएको खेल सो समयका लागि स्थगन गरियो र एरिक्सनलाई अस्पताल लगियो । उनी होसमै रहेको र अवस्था स्थिर रहेको समाचार आएपछि केहीबेरमा खेल सुचारु भएको थियो ।

उक्त घटनालगत्तै रङ्गशालामा उपस्थित दुवै टोलीका समर्थकहरुले पालैपालो क्रिस्टियन र एरिक्सनको नारा लगाइरहेका थिए भने फिनल्यान्डका समर्थकले देशको झण्डा अंकित कपडा दिएर स्वास्थ्यलाभको कामना गरेका थिए ।

शनिबारको खेलमा फिनल्यान्ड १-० ले विजयी भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय