scheduleबिहिवार श्रावण १४ गते, २०७८

कोरोना अपडेट : २,७४५ जना कोरोना संक्रमित हुँदा ४,१८७ जना निको भए

काठमाडौं, १ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी जम्मा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय