scheduleशुक्रवार आश्विन १ गते, २०७८

कर्णाली प्रदेशको बजेटमा के छ ? हेर्नुहोस् पूर्णपाठ

नेपालगञ्ज, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३६ अर्बभन्दा बढी बजेट ल्याएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रहेको छ भने चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिए पनि अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको भन्दा केही बढी बजेट प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्बभन्दा बढी ल्याएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय