scheduleबिहिवार श्रावण १४ गते, २०७८

युरोकप फुटबल: रोनाल्डोको दुई गोलमा साविक विजेता पोर्चुगलको जीत

काठमाडौं, १ असार । युरोकप फुटबलअन्तर्गत मङ्गलबार राति भएको समूह ‘एफ’ को पहिलो खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले हंगेरीलाई ३-० गोलअन्तरले हराएको हो ।

पोर्चुगलको जीतमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दा राफायल गुएरेरोले १ गोल गरे । तीनै गोल दोस्रो हाफको अन्त्यतिर भएका थिए ।

खेलको अन्त्यतिर आइपुग्दासम्म गोलरहित बराबरीमा रोकेको हंगेरी त्यसपछि लय गुमाउँदा तीन गोल व्यहोर्न पुग्यो । गोलरक्षकले पनि केही शानदार बचाउहरु गरेका थिए । यस क्रममा गोल व्यहोर्नुभन्दा केही समयअघि हंगेरीले गरेको गोल अफसाइड ठहर भएको थियो ।

८४औं मिनेटमा गुएरेरोले ओपन चान्समा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा राफा सिल्भालाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै जीत लगभग सुनिश्‍चित गरे ।

इन्जुरी समयमा पुनः रोनाल्डोले गोल थप्दै पोर्चुगललाई ३-० को जीत दिलाए । यी गोलसँगै रोनाल्डो युरोकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

जीतसँगै पोर्चुगल ३ अंक जोड्न सफल भएको छ । यसै समूहको अर्को खेलमा केहीबेरमा फ्रान्स र जर्मनी भिड्दैछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय