scheduleबिहिवार श्रावण १४ गते, २०७८

रोनाल्डोले रचे कीर्तिमान !

काठमाडौं, २ असार । पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । मङ्गलबार राति हंगेरीविरुद्धको खेलमा गोल गरेपछि उनले कीर्तिमान बनाएका हुन् ।

हंगेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले पहिलो गोल गर्दा नै युरोकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका थिए भने दोस्रो गोलपछि उक्त कीर्तिमान तोडे । उनले युरोकपमा कुल १० गोल पुर्‍याएका छन् ।

यसअघि उक्त कीर्तिमान फ्रान्सका मिकेल प्लाटिनीसँग रहेको थियो । सन् १९८४ मा फ्रान्सलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका प्लाटिनीले सबै ९ गोल त्यसै प्रतियोगितामा गरेका थिए ।

यसैबीच रोनाल्डोले सर्वाधिक युरोकप खेल्‍ने खेलाडीको पनि कीर्तिमान कायम गरेका छन् । उनले सन् २००४, २००८, २०१२, २०१६ र अहिले २०२०(२१) को युरोकप खेल्दै उक्त कीर्तिमान कायम गरेका हुन् ।

रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १०६ पुगेको छ भने उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्नबाट केबल ३ गोल टाढा छन् । इरानका अलि दाईले १०९ गोल गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय