scheduleबिहिवार श्रावण १४ गते, २०७८

मेलम्ची र इन्द्रावतीमा आएको बाढीमा ५० भन्दा बढी बेपत्ता

काठमाडौं, २ असार । मेलम्ची र इन्द्रावती नदीमा बएको भीषण बाढीले ५० भन्दा बढी मानिस बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । मन्त्री तामाङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हन् । मन्त्री तामाङका अनुसार बाढीले मेलम्ची खानेपानी ड्याम बगाएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार र मेलम्ची बजार क्षतविक्षत बनाएको छ ।

बाढीले नाकोले पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुल पनि बगाएको उनले जानकारी दिएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्‍याएको पनि उनले बताएका छन् ।

‘यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुट्न हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु,’ मन्त्री तामाङले अपिल गरेका छन् ।

उनले अन्तरास्ट्रिय समुदायलाई यो विपत्तिमा साथदिन अपिल गरेका छन् ।

स्थानीय प्रशासनका अनुसार मंगलबार बेलुकादेखि नै विद्युत सेवा अवरुद्ध भएको छ भने हेलम्बुमा पर्ने नाकोटेमा पहिरो पनि गएको छ । तिम्बु बजार बगाएको बाढीले चनौते बजार डुबानमा पारेको छ ।

नदी किरानामा रहेका अधिकांश टहरा र घरहरु पनि बगाएको स्थानीयबासीले सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय