scheduleबिहिवार श्रावण १४ गते, २०७८

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

काठमाडौं, २ असार । युरो २०२० को समूह ‘एफ’मा मंगलबार फ्रान्सले राति जर्मनीलाई १-० गोलको नतिजामा पराजित गरेको छ । योसँगै विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ ।

ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।

गोलका लागि दुवैतर्फबाट प्रयास गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेनन् । यद्यपि, फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए ।

प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।

खेलका दौरान जर्मनीका लागि गोलका सुन्दर मौका पाए पनि सर्ज गिनाब्रीले सदुपयोग गर्न पाएका थिएनन् । फ्रान्सले दोस्रो खेलमा शनिबार हंगेरीसँग खेल्ने छ भने पनि शनिबार नै पोर्चुगलको सामना गर्नेछ ।

यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोलअन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश: पुछारको दुई स्थानमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय