scheduleबिहिवार श्रावण १४ गते, २०७८

ओलीले बोलाएको बैठक गुटको भेला हो, भ्रममा नपर्नुहोलाः नेतृ झाँक्री

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा स्थायी समिति बैठक बोलाएका छन् । उक्त बैठकमा वामदेव गौतमसहित वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुलाई पनि बोलाइएको चर्चा चलिरहेको छ ।

उता माधव नेपाललाई भने बैठकको खबर नपुगेको बताइएको छ । बैठकमा माधव समूह सहभागी नहुने एक नेताले जानकारी दिए ।

बैठकलाई लिएर विभिन्न चर्चा चलिरहेको बेला नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले बोलाएको बैठकलाई गुटको भेलाको संज्ञा दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बालुवाटारमा बोलाइएको नेकपा एमालेको स्थायी कमिटिको बैठक बालुवाटारवाला गुटको होला । हामीले आजसम्म उठाएका विषयहरुको सम्बोधनसहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरुले भाग लिने कुरै आउँदैन ।’

झाँक्रीले अगाडि थपेकी छिन्, ‘यो बीचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन । कोही पनि साथीहरु भ्रममा नपर्नुहोला ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय