scheduleसोमवार श्रावण ११ गते, २०७८

मध्यपहाडी र कालीगण्डकी करिडोर सुरु

पर्वत, ३ असार । पहिरोले ३ दिनदेखि बन्द भएको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सुरु भएका छन् । पर्वतको कुश्मा नगरपालिका १ मा पहिरोले बन्द भएको मध्यपहाडी लोकमार्ग र जलजला गाउँपालिकाका ३ ठाउँमा रोकिएको कालीगण्डकी करिडोर पहिरो पन्छाएपछि निरन्तर भएका हुन् ।

बुधबार साँझ ८ बजेबाट सडक सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । वर्षा कम भएपछि सडक खुलाईएको बताउँदै अधिकारीले जोखिम कायमै रहेको बताए ।

वर्षा हुनासाथ पहिरोले सडक पुरिने अवस्था रहेको अधिकारीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पहिरोले थुनिँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला सडक सन्जालबाट टुटेका थिए ।

राष्ट्रिय राजमार्गसँग सम्पर्क जोड्ने दुबै सडक गत सोमबार रातिदेखि पहिरोले अबरुद्ध भएका थिए । पर्वतका मुख्य सडक खुले पनि ग्रामीण सडकहरु भने अबरुद्ध छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय