scheduleशुक्रवार आश्विन १ गते, २०७८

चीनले शिखर बैठकमा अनुपस्थित भएरै जि-७ का एजेण्डा तय गरिरहेको छ

जी–७ शिखर बैठकमा चीनको वैयक्तिक उपस्थिति थिएनन, तर चीनको भावनात्मक उपस्थिति भने बैठकभरि व्यप्त थियो । क्रोनबेल बेलायतको यो लामो सप्तान्तका क्षणहरूले चीन हाम्रो युगको एजेण्डा निर्धारण गर्ने देश हो भन्नु कुनै मौन स्वीकारोक्ति मात्र हैन भन्ने देखाउँछन् ।

धेरैजसो पश्चिमा नीति-निर्माताहरूको आँखामा चीन अब पश्चिमजस्तै हुने अनुमान छ । यो लहरलाई अमेरिकाले रोक्नु र विश्व राजकाजको नियम बनाउनु थियो । अहिले चीनले त्यस्ता धेरै लहरहरू बनाएको छ । यी लहरमाथि कसरी शासन गर्ने भन्ने विचार र नियमको प्रतिक्रिया भइसकेको छैन ।

एक ह्वाइट हाउस विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो वाइडनले चीनको ‘रोड एण्ड बेल्ट इनिसिएटिभ’ सँग रणनीति प्रतिस्पर्धा गर्ने पश्चिमा प्रतियोजना ‘अझ राम्रो विश्व निर्माण गरौं’ (बिल्ड ब्याक बेटर वर्ल्ड) को उत्तर दिए । तर, यो भन्न सकिन्छ कि यो उत्तर सधैँ भन्दा धेरै ढिलो हो ।

रोड एण्ड बेल्ट इनिसिएटिभ’ सन् २०१३ मा करिब एक दशक अघि पारित भएको थियो । निसन्देह, विचारको वैश्विक प्रतिस्पर्धामा विभिन्न विकल्पहरू अघि आउनु विश्वव्यापी आर्थिक विकासका लागि राम्रो कुरा हो । विकासशील र विकसित देशहरूका लागि वित्तीय स्रोतको एक ढोके विकल्पभन्दा बहुमुखी पहुँच हुनु उत्तम कुरा हो ।

मार्क लोगन

तपाईलाई मन परोस वा नपरोस्, रोड एण्ड बेल्ट इनिसिएटिभ मार्फत् चीनले ठूलो प्रभाव पारेको भने स्वीकार गर्नु पर्दछ । पश्चिमले यो यथार्थलाई विविध सूचनामा लिएको छ । चीनले निर्धारण गरेका एजेण्डाको प्रतिक्रिया जनाइरहेको छ । जी–७ राष्ट्रहरूले गरिब राष्ट्रहरूका लागि १ अर्ब डोज भ्याक्सिनको वचन दिएका छन् । तर, करिब ६० देशमा आफ्नै खोप दिएर यो एजेण्डा चीनले अगाडि नै निर्धारण गरिसकेको थिए न र ?

सन् २०१३ पछिको अर्को विकास चिनियाँ कम्युनिष्ट पार्टीको दस्तावेज नम्बर–९ थियो । यो एक आन्तरिक ज्ञापनपत्र हो, जसमा पश्चिमा संवैधानिक लोकतन्त्रको भय प्रत्यक्षतः उल्लेख गरिएको छ । बढ्दो वैचारिक भय बीच जी–७ सम्भ्रान्तहरूले नयाँ शीतयृद्धको घोषणा गर्न एक जोशिलो छलफल चलाएका छन् ।

जी–७ शिखर बैठकमा अमेरिकाद्वारा गरिएको यो टिप्पणी उल्लेखनीय छ– ‘मेरो विचारमा हामी एउटा प्रतियोगितामा छौं, मात्र चीनसँग हैन, विश्वभरिका निरंकुश शासक तथा अधिनायकवादी सरकारहरूसँगको प्रतिस्पर्धामा छौं । द्रुत गतिमा बद्लिरहेको एक्काइशौं शताब्दिमा लोकतन्त्रले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दछ कि सक्दैन भन्ने विषय छ ।’

यदि चिनियाँ कम्युनिष्ट पार्टीको दस्तावेज नम्बर–९ लाई चीनको धारणा मान्ने हो भने यो भनाइ पश्चिमको तर्फबाट त्यसको प्रतिक्रिया हो ।

बेलायत संसदमा मेरा १८ महिनामा मैले विभिन्न क्षेत्रका लहरहरू देखेको छु । एकबेला हामी हुवेईसँग ठीकठाक थियौं, अर्को क्षण त्यसलाई हामीले ठूलो जोखिम ठान्यौं । यसले अमेरिका र पश्चिमले चिनियाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न आफ्नो भिन्नै फाइभ–जी प्रविधि विकास गर्ने कार्यको आरोह-अवरोह निर्माण गर्‍यो ।

हामीले बेलायतमा राष्ट्रिय सुरक्षा तथा वैदेशिक लगानी ऐनमार्फत् संवेदनशील ठानिएका उद्योगहरूमा विदेशी लगानीकर्ताहरूका लागि लगानी वातावरणलाई निक्कै कडा बनाएको देखेकै छौं । फेरि त्यही कुरा, चीनले आफ्ना संवेदनशील ठानिएका उद्योगहरूको संरक्षण पहिले नै गर्न थालिसकेको थियो । के हामी सबै खेल त खेलिरहेका छैनौं ?

जी–७ का हल्लाहरूलाई विश्वास गर्ने हो भने चीनलाई अलग्याउने भन्दा पश्चिमी देशहरूले पश्चिमका लागि सकारात्मक सोचमा आधारित मुद्दाहरू बनाउनु पर्छ भन्ने सोच प्रतिनिधित्व नभएको हैन । धेरै खेलाडीबाट मुद्दाहरू छरपष्ट पार्नु भन्दा यो कुरा एक ठाउँबाट आउनु राम्रै हुन्थ्यो ।

हामीले यो आलोचना पनि राम्रै गरी सुनेका छौं कि जी–७ थोरै देशहरूको एउटा सानो समूह हो, यसले विश्वका लागि नियम बनाउने र बाँकी विश्वलाई अलगावमा राख्ने कुनै अधिकार राख्दैन । यो कुरा सत्य हो । यो एउटा महत्वपूर्ण समूह हो तर सम्पूर्ण हैन । यो मानौं कि यो समूहको महत्व बढी नै छ तर, यसका सदस्यहरूले साझा चासो नराख्ने विषयबाट बाहिर निस्कने अधिकार अझै राख्दछ ।

आँधीमय विश्व राजनीतिको यो अवस्थामा चीनले प्रसंशा गरेको र अन्य देशहरूको अपनाएको शासनको मूल्य र तरिकामा धेरै ठूलो खाडल छ । तर विगतका यावत गौरवलाई वर्तमानको आँधीसँग तुलना गर्दा हामीले चुपचाप यो स्वीकार गर्नु पर्ने हुन्छ कि चीन एजेण्डा सेटिङ गर्दैछ । हामी पश्चिमले छलफलको कुनै अर्को विषय बनाउन सकेका छैनौं ।

चीनले त्यसै गरी सकारात्मक भएर सोच्न र पश्चिमसँगको सम्बन्धलाई पुननिर्माण गर्न जरुरी छ । आंशकालाई माध्यम बनाएर आलोचनाको खेती गर्नु प्रश्नवाचक कुरा हुनेछ । एजेण्डा सेटरसँग जिम्मेवारी पनि धेरै हुन्छ भन्ने चीनले बुझ्नु पर्दछ ।

(लेखक बेलायतको सांसद तथा संसदभित्र अल पार्टी चाइना ग्रुपका उपाध्यक्ष हुन् । उनको यो लेख साथ चाइना मर्निङ पोष्टबाट अनुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय