scheduleबुधवार आश्विन १३ गते, २०७८

कांग्रेस बैठकः महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु

फाइल फोटो

 

काठमाडौं, ३ असार । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ ।

बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।

यस्तै, बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा महतले दिए ।

कांग्रेसले बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । महतले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए । बाढी पीडितको राहत र उद्धारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको महतले बताए ।

त्यस्तै कांग्रेस नेता एवं कांग्रेस क्रियाशिल सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नवीकरणको काम भइरहेको बताए । क्रियाशील सदस्यताको कारणले महाधिवेशन नढकिलिएको भन्दै कोरोना प्रमुख कारण भएको उनले बताए ।

कोरोना महामारीका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन । आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ। तर अहिलेसम्म करिब ८ लाखले मात्र क्रियाशील सदस्यता लिएका छन् । बैठक शुक्रबार पनि बस्ने महतले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय