scheduleसोमवार श्रावण ११ गते, २०७८

विश्वासको मत लिँदै मुख्यमन्त्री

कास्की, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । विहीबार ११ बजे पोखरा सभागृहमा रहेको हालको संसद भवनमा उनले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशमा अहिले ५९ सांसद रहेकोले उनलाई विश्वासको मत जित्न ३० सांसद आवश्यक हुन्छ । मुख्यमन्त्री आवद्ध गठबन्धनले आफूहरुसँग ३१ सांसद रहेको दावी गरेका छन् ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत आज लिन लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय