scheduleसोमवार श्रावण ११ गते, २०७८

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश, हेर्नुहोस् लाइभ

काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।

गण्डकी प्रदेशमा अहिले ५९ सांसद रहेकोले उनलाई विश्वासको मत जित्न ३० सांसद आवश्यक हुन्छ । मुख्यमन्त्री आवद्ध गठबन्धनले आफूहरुसँग ३१ सांसद रहेको दावी गरेका छन् ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत आज लिन लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय