scheduleसोमवार श्रावण ११ गते, २०७८

बजेटविरुद्ध विपक्षी गठबन्धन बहिस्कारमा

बुटवल, ६ असार । अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे ।

उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरि बजेट ल्याएको आरोप उनको छ ।

कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएको भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाए बजेट ल्याउनु दुःखद भएको बताए ।

मनपरी बजेटको स्वामित्व आफुहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताए ।

उनले बजेटमा त्रुटिभएका ठाउँमा सच्चाए मात्र सहयोग गर्न सक्ने स्पष्ट पारे । विपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्ण बहादुर घर्तीले बैठक स्थगित गरेका छन् ।

लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय