scheduleशुक्रवार आश्विन १ गते, २०७८

केही खुकुलो प्रावधानसहित निषेधाज्ञा थपियो, निजी सवारीलाई जोर-बिजोर प्रणाली

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता लम्बाइएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि यस्तो निर्णय लिनुपरेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरे पनि अबको निषेधाज्ञा भने खुकुलो बनाउने निर्णय गरेको छ ।

निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ निरौलाले जानकारी दिए ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइने जानकारी दिए । उनका अनुसारआइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय बैठकले गरेको छ ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइने उनले जानकारी दिए ।

बैठकले खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइने निर्णय गरेको छ भने निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय