scheduleबुधवार आश्विन १३ गते, २०७८

उपत्यकाको सडकमा सवारी चाप बढ्यो, केही सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, ७ असार । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसंगै सडकमा सवारीको चाप बढेको छ ।

निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधनको संख्या पनि अत्याधिक बढेको छ । पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो ।

त्यसपछि असार १४ गतेसम्म विभिन्न क्षेत्र र निजी सवारी-साधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ ।

सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८ सय ६१ वटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ६ सय ५७ ओटा दुई पाङग्रे, १३८ ओटा चार पाङ्ग्रे, ३५ ओटा ट्याक्सी र ३१ ओटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय