scheduleबिहिवार श्रावण १४ गते, २०७८

काश्मिरको मुद्दा हल भएपछि हामीलाई आणविक हतियार चाहिँदैन: इमरान खान

एजेन्सी, ८ आषाढ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरको मुद्दा समाधान भएपछि आफ्नो मुलुकलाई आणविक हतियार नचाहिने बताएका छन् ।

एचबिओसँगको एक अन्तर्वार्तामा बोल्दै खानले प्रतिरक्षाका लागि पाकिस्तानले आणविक हतियार बनाइरहेको भन्दै काश्मिरको मुद्दा हल भएपछि आणविक हतियार नचाहिने बताएका हुन् ।

पत्रकार जोनाथन स्वाले ‘पाकिस्तानले विश्वमै सबैभन्दा तीव्रगतिले आणविक हतियार बनाइरहेको गुप्तचर विश्लेषकहरु बताउँछन् । यसको कारण के होला ?’ भनेर सोधेका थिए ।

उक्त प्रश्नको उत्तर दिँदै खानले भने- ‘उनीहरुले यस्तो विश्लेषण किन गरे, मलाई थाहा छैन । पाकिस्तानको आणविक हतियार प्रतिरक्षात्मक (deterrent) र हामीलाई सुरक्षा गर्नका लागि हो । जहाँ सम्म मलाई थाहा छ, यो आक्रमणमुखी छैन । आफ्नो छिमेकी ७ गुणा ठूलो भएको कुनै पनि मुलुकलाई चिन्ता लाग्छ ।’

त्यस्तै प्रधानमन्त्री खानले आणविक हतियारको विरुद्धमा आफू रहेको पनि प्रस्ट पारेका छन् । ‘म सँधै विरोधमा छु । हामीले भारतसँग तीन पटक युद्ध लडिसक्यौं र त्यसपछि हामीले प्रतिरक्षाका लागि आणविक हतियार (nuclear deterrent) बनाएका हौं’, खानले भने, ‘दुई मुलुकबीच अहिले कुनै युद्ध छैन । सीमामा झडक हुन्छ तर युद्धको अवस्था छैन ।’

‘काश्मिरका हकमा समाधान भएपछि दुबै छिमेकी सभ्य मुलुकको रुपमा अघि बढ्न सक्छन् । हामीलाई प्रतिरक्षाका लागि आणविक हतियार चाहिँदैन’, खानले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय