scheduleसोमवार श्रावण ११ गते, २०७८

भ्याकेटमा गएर एकता प्रयास भंग गर्न खोजियोः नेता नेपाल

काठमाडौं, ७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भ्याकेटमा जाने सरकारी निर्णयले एमाले एकता प्रयास भंग हुने संकेत गरेका छन् । कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध फेरि पुनरावलोकनमा जाने निर्णयलाई नेता नेपालले पार्टी एकता विरोधी कदमको संज्ञा दिएका हुन् ।

सोमबार सामाजिक सञ्जालमा एक सन्देश प्रवाह गर्दै नेता नेपालले ४ जना प्रदेश सांसदलाई गरिएको कारबाही खारेज गर्ने अदालतको आदेशविरुद्ध फेरि पुनरावलोकन निवेदन (भ्याकेट)मा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने तर्क गरेका हुन् ।

जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखिएको भन्दै गुनासो पनि गरेका छन् ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ,’ नेता नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

यस्तो छ नेता नेपालको सन्देश-

कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय