scheduleसोमवार श्रावण ११ गते, २०७८

डिपाए र विज्नाल्डम चम्किँदा डच टोलीको जीत, अस्ट्रिया पनि नकआउटमा

काठमाडौं, ८ असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह’सी’को खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया विजयी भएका छन् । नेदरल्यान्ड्सले नर्थ मेसडोनिया र अस्ट्रियाले युक्रेनलाई हराएका हुन् ।

आम्स्टर्डममा भएको खेलमा नेदरल्यान्ड्सले नर्थ मेसडोनियालाई ३-० गोलअन्तरले हराएको हो । नेदरल्यान्ड्सको जीतमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा मेम्फिस डिपाएले १ गोल गरे ।

खेलको २४औं मिनेटमा डिपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल थप्यो ।

५१औं मिनेटमा डिपाएको पासमा विज्नाल्डमले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा पुनः डिपाएकै सहायतामा विज्नाल्डमले गोल गरेपछि टोली ३-० ले विजयी भयो ।

नेदरल्यान्ड्सले ३ वटै खेलमा जीत निकाल्न सफल भएको छ भने पराजित नर्थ मेसडोनिया अंकविहीन रहेको छ । नेदरल्यान्ड्स यसअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह सी कै अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई १-० ले हराएको छ । अस्ट्रियाको जीतमा २१औं मिनेटमा क्रिस्टोफ बमगार्टरले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।

जीतसँगै ३ खेलमा ६ अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । युक्रेनलौ भने उत्कृष्ट तेस्रो टोली बनेर छनौट हुन अन्य टोलीको नतिजा पर्खनुपर्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय