scheduleसोमवार श्रावण ११ गते, २०७८

कोपा अमेरिका: आत्मघाती गोलले चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाडौं, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत मङ्गलबार बिहान भएको पहिलो खेलमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । यी दुई टोलीबीचको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको २६औं मिनेटमा एडुवार्डो भार्गासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६६औं मिनेटमा चिलीका आर्टुरो भिडालबाट आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा आयो ।

त्यसपछि थप गोल निस्कन सकेन र खेल बराबरीमै सकिँदा दुवै टोलीले १-१ अंक बाँड्न बाध्य भए । उरुग्वेले भने अंकको खाता खोलेको हो ।

बराबरीपछि ३ खेलमा ५ अंक भएको चिली तालिकाको दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय