scheduleसोमवार श्रावण ११ गते, २०७८

कोपा अमेरिका: दोस्रो जीतसहित अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत मङ्गलबार विहान भएको दोस्रो खेलमा अर्जेन्टिनाले जीत हासिल गरेको छ । अर्जेन्टिनाले पाराग्वेलाई १-० ले हराएको हो ।

अर्जेन्टिनाको जीतमा पहिलो हाफमा गोमेजले गरेको गोल नै निर्णायक बनेको थियो । १०औं मिनेटमा एन्जल डिमारियाको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुवै टोलीबाट गोलको प्रयास भएपनि थप गोल निस्कन नसक्दा अर्जेन्टिना साँघुरो जीतसहित ३ अंक बटुल्न सफल भयो ।

जीतसँगै ३ खेलबाट ७ अंक जोडेको अर्जेन्टिना एक खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । पराजित पाराग्वे २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय