scheduleशुक्रवार आश्विन १ गते, २०७८

उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

काठमाडौं, ८ असार । कोरोना संक्रमणको दर कम हुँदै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले व्यवसायिक क्षेत्र चलायन हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।

आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।

यो पछिल्लो आदेश आज (मङ्गलबार) बिहान १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्मलाई हो ।

खुल्ने सेवाहरु:

आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । उपत्यकामा ट्याक्सी सेवा पनि सुरु भएको छ ।

यसैगरी डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिˆटका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स -ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने छ ।

कुखुरा, दाना, चल्ला, पशुपक्षीजन्य पदार्थ, भेटेरिनरी, सरसफाइमा प्रयोग गर्ने सामान, पि्रन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।

विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने व्यवस्था मिलाइएको छ ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय