scheduleसोमवार श्रावण ११ गते, २०७८

टेस्ट च्याम्पियन्सिप फाइनल: चौथो दिनको खेल पनि वर्षाले प्रभावित

काठमाडौं, ८ असार । इंग्ल्यान्डमा जारी भारत र न्युजिल्यान्डबीचको विश्‍व टेस्ट च्याम्पियनसिपको फाइनलमा वर्षा फेरि बाधक बनेको छ । पहिलो दिनको खेल पूरै रद्द भएकोमा सोमबार चौथो दिनको खेलर पनि भारी वर्षाको कारण एक बल पनि हुन नपाई रद्द भएको हो ।

योसँगै फाइनल बराबरीमा सकिने सम्भावना बढेको छ । चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङ ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रनको अवस्थामा छ ।

पहिलो इनिङमा न्युजिल्यान्ड १ सय १६ रनले पछि रहेको छ । आइसिसीको फाइनल नियम अनुसार वर्षाले प्रभावित भएमा अतिरिक्त दिनको व्यवस्था गरिएको छ र छैटौं दिनमा पनि खेल हुने छ ।

फाइनलको पहिलो दिन वर्षाको कारण टस पनि हुन नपाई सकियो थियो । दोस्रो दिन वर्षा र ब्याड लाइटको कारण ६५ ओभर मात्र ब्याटिङ सम्भव बनेको थियो । तेस्रो दिन पनि अन्त्य तिर ब्याड लाइटको कारण खेल प्रभावित बनेको थियो ।

वर्षा बाधक नबने पाँचौं दिनको खेल आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । न्युजिल्यान्डका कप्तान केन विलियमसन १२ रनमा अविजित छन् भने उनीसँगै अनुभवी ब्याट्सम्यान रस टेलर साथमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय