scheduleसोमवार श्रावण ११ गते, २०७८

भट्टराई र फुँयालको इजलासमा ओलीको भ्याकेटमाथि सुनुवाइ हुँदै

काठमाडौं, ८ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटमाथि आज सुनुवाइ हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग ओलीले पुनरावेदन निवेदन दर्ता गरेका थिए ।

अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ । प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारबाही गरे पनि सर्वोच्चले उक्त कारबाहीलाई मान्यता नदिनुका साथै आयोजक समितिको गतिविधि मान्य नहुने गरी आदेश दिएको थियो ।

कर्णालीका चार सांसदलाई भएको कारबाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो । एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो ।

ओली पुनरावेदन निवेदन लिएर अदालत गएपछि वरिष्ठ नेता माधव नेपालले एकता प्रयास भंग हुने संकेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय