scheduleसोमवार श्रावण ११ गते, २०७८

कर्णालीका चार सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडाैं, ८ असार । सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सदस्यलाई जवाफसहित उपस्थित हुन आदेश दिएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको कर्णाली प्रदेश कमिटीले दिएको भ्याकेटको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।

‘फ्लोर क्रस’ गरेको आरोपमा कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले निलम्बन गरेपछि जेठ २७ गते सर्वोच्चले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकाे कारबाहीले मान्यता नपाउने भन्दै पुनर्बहाली गरिदिएको थियो ।

पार्टीको अधिकार खोसेको दाबी गर्दै ओलीले सोमबार भ्याकेटको निवेदन दर्ता गराएका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय