scheduleसोमवार श्रावण ११ गते, २०७८

क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् : डा भट्टराई

काठमाडाैं, ८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत मन्त्री बनाउन र त्यसलाई अदालतले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको बताएका छन ।

सर्वोच्च अदालतले संसद विघटनपछि सपथ खाएका मन्त्रीहरुलाई पदमुक्त गर्ने निर्णय गरेपछि मंगलबार एक ट्विट सन्देशमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् । उनले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले लेखेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय