scheduleबिहिवार श्रावण १४ गते, २०७८

टेस्ट च्याम्पियनसिप फाइनल: पाँचौं दिन सकिँदा भारतको दोस्रो पारी सुरु, आज निर्णायक दिन

काठमाडौं, ९ असार । इंग्ल्यान्डमा जारी विश्‍व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलअन्तर्गत पाँचौं दिनको खेल सकिँदा भारतले आफ्नो दोस्रो पारी सुरु गरेको छ । न्युजिल्यान्डले सामान्य अग्रता बनाएर अलआउट भएपछि भारतले दोस्रो पारी सुरु गरेको हो ।

पहिलो पारीमा २१७ रनमा अलआउट भएको भारतविरुद्ध १०१-२ बाट पाँचौं दिनको खेल सुरु गरेको न्युजिल्यान्ड २४९ रनमा अलआउट हुँदै ३२ रनको मात्र अग्रता बनाउन सक्यो ।

डेभोन कोनवेले ५४ र कप्तान केन विलियमसनले ४९ रनको योगदान दिए । त्यसैगरी टम लेथम र टिम साउथीले समान ३० रन बनाए । भारतका मोहम्मद शामीले ४, इशान्त शर्माले ३, रविचन्द्रन आश्विनले २ र रविन्द्र जडेजाले १ विकेट हात पारे ।

त्यसपछि दोस्रो पारी सुरु गरेको भारतले २ विकेट गुमाएर ६४ रन बनाएको छ । चेतेश्‍वर पुजारा १२ र विराट कोहली ८ रनमा अविजित छन् । रोहित शर्मा ३० र शुभमन गिल ८ रनमा आउट भएका थिए ।

वर्षाका कारण पहिलो र चौथो दिनको खेल पूर्णरुपमा रद्द भएको थियो । वर्षाको प्रभावका कारण नै छैंटौं दिनका रुपमा ‘रिजर्भ डे’ पनि राखिएको छ ।

अन्तिम दिनको खेलमा आइपुग्दा ‘ड्र’ हुने वा न्युजिल्यान्डले जित्‍ने सम्भावना बढी रहेको छ । भारत ३२ रनले अघि रहेको अवस्थाबाट २०० सम्मको अग्रता बनाएर बाँकी सेसनमा न्युजिल्यान्डलाई अलआउट गरेमा मात्र खेल जित्‍ने बढी सम्भावना हुनेछ ।

त्यसअघि न्युजिल्यान्डले भारतलाई सस्तैमा अलआउट गरेर लक्ष्य पूरा गरेमा न्युजिल्यान्ड च्याम्पियन बन्‍ने छ अन्यथा खेल ‘ड्र’ भएर सकिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय