scheduleसोमवार श्रावण ११ गते, २०७८

भिरबाट लडेर वडासदस्यको ज्यान गयो

जाजरकोट, ९ असार । भिरबाट लडेर जाजरकोटको भेरी नगरपालिका-२ का वडासदस्य सुशीला नेपालीको निधन भएको छ ।

लडेर घाइते नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति निधन भएको हो ।

भेरी-२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय