scheduleबिहिवार श्रावण १४ गते, २०७८

नेपाल टेलिकमको नेटवर्कमा विहानैदेखि समस्या

काठमाडौं, ९ असार । दुरसञ्‍चार सेवा प्रदायक संस्था नेपाल टेलिकमको मोबाइल नेटवर्किङमा बुधबार विहानैदेखि समस्या देखिएको छ ।

बुधबार विहानैदेखि फोन नलाग्‍ने एसएमएस नजाने र इन्टरनेट नचलेको थुप्रै गुनासाहरु प्राप्त भएको टेलिकमले जनाएको छ ।

सामाजिक सञ्‍जालमा पनि व्यक्तिहरुले पोस्ट गर्दै समस्याका बारेमा बताएका थिए ।

देशैभरबाट गुनासो आउन थालेपछि मर्मत कार्य सुरु गरिएको छ र केही समयपछि नेटवर्कले पूर्ववत् रुपमा काम गर्ने टेलिकमले जनाएको छ ।

टेलिकमको ल्यान्डलाइन सेवामा भने कुनै समस्या नभएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय