scheduleसोमवार श्रावण ११ गते, २०७८

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

काठमाडौं, ९ असार । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बुधबार १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम अदेशपछिको उत्पन्न वस्तुस्थितिबारेमा केन्द्रीत भएर छलफल हुनेछ ।

जेठ २१ र २७ गते दुई चरणमा विस्तार गरिएको मन्त्रिपरिषदलाई मंगलबार सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ नै पदमुक्त भएका मन्त्रीहरुसँग पनि छलफल गरेका थिए।

आजको बैठकमा स्थायी कमिटीका सदस्य तथा पदमुक्त भएका मन्त्रीहरुको समेत सहभागीता रहने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय