scheduleसोमवार श्रावण ११ गते, २०७८

लुम्बिनी प्रदेश : सूचना टाँसेर बैठक स्थगित

रुपन्देही, ९ असार । लुम्बिनी प्रदेशसभाको बुधबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय