scheduleबिहिवार श्रावण १४ गते, २०७८

अमेरिकाले इरानसँग आबद्ध ३ दर्जन मिडिया वेभसाइट कब्जा गर्‍यो

एजेन्सी, ९ आषाढ । अमेरिकाले इरानी सरकारसँग आबद्ध ३३ वटा मिडिया वेभसाइटसहित ३ दर्जन वेभसाइट कब्जामा लिएको छ ।

अमेरिकी न्याय मन्त्रालयले इरानको सरकारसँग आबद्ध ३३ वटा मिडिया वेभसाइट कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । त्यस्तै मन्त्रालयले इराकी सशस्त्र समूह कटाइब हेजबोल्लाहका ३ वटा वेभसाइट समेत नियन्त्रणमा लिएको छ ।

इरानमाथि लगाइएको प्रतिबन्ध उल्लंघन गर्दै अमेरिकी स्वामित्वमा रहेका डोमेनमा ती वेभसाइट सञ्जालन/व्यवस्थापन (host) गरिएको भन्दै कब्जामा लिइएको समाचारमा उल्लेख छ ।

बुधबार इरानका प्रमुख अंग्रेजी एवं अरेबिक सञ्जार माध्यम प्रेस टिभी तथा अल अलामसहित यमनी हुथीको टेलिभिजन च्यानल अल मसिराहका दर्शक (visitors) समक्ष ‘अमेरिकी सरकारद्वारा नियन्त्रणमा लिइएको’ भन्ने सूचना देखिएको छ । उक्त सूचनासँगै अमेरिकाको एफबिआई र वाणिज्य मन्त्रालयको छाप (seals) राखिएको छ ।

कब्जामा लिइएका ३३ वेभसाइट अमेरिकाले प्रतिबन्ध लगाएको इरानियन इस्लामिक रेडियो एण्ड टेभिभिजन युनियनको स्वामित्वमा रहेका र इरानको विशेष फौज इस्लामिक रिभोलुस्ननरी गार्ड कोर्प कुड्स फोर्स (आईआरजिसी) ले सञ्चालन गर्दै आएको समाचारमा उल्लेख छ ।

कब्जामा लिइएका ३ वटा साइट अमेरिकाले आतंकवादी समूह घोषणा गरेको कटाइब हेजबोल्लाहका हुन् । इरानसँग उक्त फौजी संगठनको निकट सम्बन्ध रहेको छ ।

त्यस्तै अमेरिकाले गाजामा सक्रिय हमास तथा इस्लामिक जिहादको विचार तथा समाचार संप्रेषण गर्दै आएको वेभसाइट प्यालेस्टाइन टुडे समेत कब्जामा लिएको छ । लण्डन र बेरुतमा कार्यालय रहेको र विपक्षी समूहले सञ्चालन गर्दै आएको बहराइनको लुआलुआ टेभिभिजनलाई पनि अमेरिकी सरकारले कब्जामा लिएको छ ।

इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) ले वेभसाइट कब्जामा लिने अमेरिकी कदमको कडा आलोचना गरेको छ । अमेरिकाले वाक स्वतन्त्रताको दमन गरेको र इजरायल तथा साउदी अरबसँग मिलेर ‘यस क्षेत्रमा अमेरिकाका सहयोगी राष्ट्रको अपराध भण्डाफोर गर्ने प्रतिरोधी मिडियालाई बन्द’ गरेको आईआरआईबीको आरोप रहेको छ ।

त्यस्तै, यमनको विद्रोही समूह हुथीले आफ्नो राजनीतिक वेभसाइटमा अल मसिराह टेलिभिजन कब्जा गर्ने अमेरिकी कदमलाई ‘डकैती र लुट’ भनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय