scheduleसोमवार श्रावण ११ गते, २०७८

अध्ययन भन्छ- डेल्टा भेरियन्टविरुद्ध यी दुई कोरोना खोप प्रभावकारी

एजेन्सी, ९ आषाढ । कोभिड-१९ को डेल्टा र काप्पा भेरियन्टविरुद्ध एस्ट्राजेनेका र फाइजर बायोन्टेकले उत्पादन गरेका खोप व्यापक प्रभावकारी देखिएका छन् ।

हालैको एक अध्ययनले एस्ट्राजेनेका र फाइजर खोप दुबै भेरियन्टविरुद्ध प्रभावकारी भएको देखाएको हो । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एस्ट्राजेनेका र फाइजरको दुई डोज लगाएका मानिसको रगतमा निकै संक्रामक मानिएका डेल्टा र काप्पा भेरियन्टसँग लड्न सक्ने एन्टीबडीको क्षमता के-कति छ भनेर परीक्षण गरेका थिए ।

सेल नामक जर्नलमा प्रकाशित उक्त अध्ययनले फाइजर बायोन्टेकका विद्यमान खोप लगाएपछि डेल्टा र काप्पा भेरियन्टबाट सुरक्षित हुन सकिने पुष्टि गरेको छ ।

गत हप्ता पब्लिक हेल्थ इङल्याण्डले गरेको एउटा विश्लेषण अनुसार फाइजर र एस्ट्राजेनेका खोपबाट डेल्टाले भेरियन्टका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थाविरुद्ध ९० प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको थियो ।

बि.१.६१७.२ पनि भनिने डेल्टा भेरियन्ट निकै संक्रामक मानिन्छ । बेलायतसहित कैयौं मुलुकमा यही भेरियन्टले नयाँ लहर सिर्जना गर्ने हो कि भन्ने चिन्ता समेत बढिरहेको छ। यो भेरियन्ट सुरुमा भारतमा फेला परेको थियो ।

नेपालसहित दक्षिण एसियाली मुलुकमा मात्रै होइन, अमेरिकामा समेत डेल्टा भेरियन्ट फैलिइसकेको छ । यसबाट संक्रमित भएपछि अस्पतालमा भर्ना हुने संभावना अल्फा भेरियन्टको भन्दा झण्डै दुई गुणा बढी हुने बढ्ने गरेको अध्ययनले देखाउँछ । तर यसले निम्त्याउन सक्ने संभावित प्रभावबारे विज्ञहरु प्रस्ट भइसकेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय