scheduleसोमवार श्रावण ११ गते, २०७८

स्लोभाकियामाथि फराकिलो जीत निकाल्दै स्पेन युरोकपको नकआउट चरणमा

काठमाडौं, १० असार । जारी युरोकप फुटबलअन्तर्गत बुधबार मध्यरातमा सम्पन्न खेलमा स्पेनले शानदार जीत हासिल गरेको छ । स्पेनले स्लोभाकियालाई ५-० गोलअन्तरले हराएको हो ।

स्पेनको जीतमा एमरिक लापोर्ते, पाब्लो सराबेस र फेरान टोरेसले १-१ गोल गरेका थिए भने बाँकी दुई गोल उपहार पाएको थियो ।

खेलको ३०औं मिनेटमा विपक्षी गोलरक्षक मार्टिन डुब्राभकाले बल रोक्‍ने क्रममा आफ्नै पोस्टमा पञ्‍च गर्न पुगेका थिए र स्पेनले अग्रता लिएको थियो । त्यसअघि उनैले अल्भारो मोराटाको पेनाल्टी प्रहार बचाएका थिए ।

इन्जुरी समयमा लापोर्तेले गोल गरेपछि स्पेनको अग्रता दोब्बर बनेको थियो । दोस्रो हाफको ५६औं मिनेटमा साराबियाले गोल गरेपछि स्पेन ३-० ले अघि बढ्यो ।

६७औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जीततर्फ अग्रसर गराए । ७१औं मिनेटमा जुराज कुकाले आत्मघाती गोल गरेपछि स्पेनको ५ ० को जीत पक्का भयो ।

जीतसँगै ३ खेलबाट ५ अंक भएको स्पेन समूह इ को दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गरेको छ भने स्लोभाकिया बाहिरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय