scheduleबिहिवार श्रावण १४ गते, २०७८

प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले बाजी मार्दा पोल्यान्ड बाहिरियो

काठमाडौं, १० असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ‘इ’ को खेलमा स्वीडेनले जीत निकालेको छ । समूहविजेता बन्‍ने क्रममा स्वीडेनले पोल्यान्डलाई ३-२ ले हराएको हो ।

स्वीडेनको जीतमा एमिल फोर्सबर्गले दुई तथा भिक्टर क्लासनले १ गोल गरेका थिए । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमै फोर्सबर्गले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त एक गोल मात्र सम्भव भएको थियो ।

दोस्रो हाफको ५९औं मिनेटमा फोर्सबर्गले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटमै लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे ।

८४औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । इन्जुरी समयमा क्लासनले गोल गरेपछि स्वीडेनको ३-२ को जीत सुनिश्चित भयो ।

जीतसँगै ३ खेलबाट ७ अंक भएको स्वीडेन समूहविजेता बन्दै नकआउटमा पुगेको छ भने पराजित पोल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय