scheduleसोमवार श्रावण ११ गते, २०७८

कोपा अमेरिका फुटबल: इन्जुरी समयको गोलले ब्राजिलको रोमाञ्‍चक जीत

काठमाडौं, १० असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत बिहीबार बिहान भएको खेलमा ब्राजिलले रोमाञ्‍चक जीत हात पारेको छ । ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको हो ।

ब्राजिलको जीतमा रोबर्टो फर्मिनो र कासेमिरोले १-१ गोल गरेका थिए । कोलम्बियाका लुईस डियाजले १ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने कोलम्बियाले लिएको थियो । १०औं मिनेटमा डियाजले उत्कृष्ट एक्रोब्याटिक शटमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा कोलम्बिया १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ७८औं मिनेटमा फर्मिनोले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमै सकिने निश्‍चित भएको अवस्थामा इन्जुरी समयको १०औं मिनेटमा कासेमिरोले हेडिङमार्फत गोल गर्दै ब्राजिललाई जीत दिलाए ।

जीतसँगै ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै एक खेल खेल्न बाँकी रहेको अवस्थामा नकआउटमा प्रवेश गरेको छ भने कोलम्बिया ४ खेलबाट ४ अंकसहित दोस्रोमा छ यद्यपि उसको पनि अघिल्लो चरण पुग्‍ने लगभग पक्का भइसकेको छ ।

यसै समूहको विहान भएको पहिलो खेलमा पेरु र इक्‍वेडरले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय