scheduleसोमवार श्रावण ११ गते, २०७८

कोदालो प्रहार गरी श्रीमतीको हत्या, छोराछोरीको बिचल्ली

पर्वत, १० असार । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक व्यक्तिले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् ।

सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् ।

सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए ।

मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् छन् । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय