scheduleसोमवार श्रावण ११ गते, २०७८

महन्त ठाकुरले बोलाए आफूपक्षिय नेताहरुको बैठक

काठमाडाैं, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले आफुपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको नेता उमाशंकर अरगरियाले बताए ।

बैठकमा पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्चको आदेशपछि जसपा ठाकुर पक्षका दुई राज्यमन्त्री र ९ जना मन्त्री पदमुक्त भएपछि बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्य र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने अरगरियाले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय