scheduleसोमवार श्रावण ११ गते, २०७८

युरोकप फुटबल : सकिए समूह चरणका खेलहरु, १६ टिम नकआउट चरणमा

काठमाडाैं, १० असार । १६ औ संस्करणको युरोकप फुटबलका समूह चरणका खेलहरु सकिएका छन् । बुधबारराति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै १६ टिम नकआउट चरणमा पुगेका छन् ।

बुधबारराति भएको खेलमा हङ्गेरीसँग २—२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको छ । पोर्चुगलसँग २—२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको छ । गएराति नै भएको स्विडेन र पोल्याण्डबीचको खेलमा भने पोल्याण्डलाई ३—२ गोल अन्तरले पराजित गदै स्विडेन समूह विजेता बनेको हो ।

स्लोभाकिया र स्पेनबीचको खेलमा भने स्पेन विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ । नकआउट चरणको खेल भने आगामी शनिबारबाट सुरु हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय